ग्यासको कृत्रिम अभाव र कालोबजारी भए उजुरी गर्न उद्योग मन्त्रालयकाे आग्रह
२१ साउन, काठमाडौं । खाना पकाउने ग्यासको कृतिम अभाव भए सम्पर्क गर्न सर्वसाधारणलाई उद्योग मन्त्रालयले आग्रह गरेको छ । पछिल्लो समय देशभरि खाना पकाउने एलपी ग्यासको चरम अभाव देखिएपछि सरकारले गुनासो सुनुवाइ र बजार अनुगमनमा सक्रियता बढाएको छ ।
बजारमा ग्यास आपूर्ति र वितरण नियमित भइरहेको निगमले दाबी गरिरहँदा ग्यास अभाव भएपछि मन्त्रालयले ग्यासको कृतिम अभाव र कालोबजारीबारे जानकारी दिन आग्रह गरेको छ ।

ग्यास पाउन कठिनाइ भए ९८५१११६७७३ मा सम्पर्क गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको सचिवालयले जनाएको छ । ग्यास प्राप्त गर्न कठिनाइ भए, कृतिम अभाव, कालोबजारी तथा आपूर्ति सम्बन्धी समस्या सो नम्बरमा सम्पर्क गर्न सकिनेछ ।
प्रकाशित मिति : August 6, 2026 at 2:19 pm



