कर्मचारीको नयाँ तलबमान सार्वजनिक, कुन तहका कर्मचारीले कति पाउँछन्?
२१ साउन, काठमाडाैं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८३/८४ को यही साउनदेखि लागु हुने तलबमान सार्वजनिक गरेको छ। साउन ६ गते बसेको मन्त्रिपरिषद् बैठकले नयाँ तलबमान, ग्रेड, प्राविधिक ग्रेड र प्रोत्साहन भत्तासम्बन्धी निर्णय गरेको थियो ।

गत जेठ १५ गते बजेटमार्फत सरकारले १० प्रतिशत तलबमान वृद्धि गर्ने र १० प्रतिशत प्रोत्साहन भत्ता दिने घोषणा गरेको थियो। मन्त्रालयले बुधबार सरकारी निकायलाई गरेको पत्राचारमा नयाँ तलबमानको विषयमा जानकारी गराएको हो।
नयाँ तलबमान अनुसार अब सबैभन्दा बढी मुख्य सचिवले ९० हजार ५ सय ९४ रुपैयाँ तलब पाउनेछन् भने सबैभन्दा कम प्रथम स्तरका कार्यालय सहयोगीले २८ हजार ९ सय ८४ रुपैयाँ पाउनेछन् ।

प्रकाशित मिति : August 6, 2026 at 12:56 pm



