१८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026

नुवाकोटबाट घुस खान काठमाडौँ आएका विरेन्द्र तामाङ पक्राउ

१८ साउन, काठमाडौँ । नुवाकोटबाट घुस खान काठमाडौँ आएका विरेन्द्र तामाङ पक्राउ परेका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बालाजु क्षेत्रबाट केहीबेरअघि तामाङलाई रंगेहात पक्राउ गरेको हो ।

नुवाकोट जिल्लाको म्यागङ गाउपालिकाकामा सूचना प्रबिधि अधिकृतको रूपमा कार्यरत विरेन्द्रले भुक्तानी भई सके पश्चात कमिसन किन नदिएको भनि बार्गेनिङ गर्दै दु:ख हैरानी दिइ घुस मागिरहेको अवस्थामा अख्तियारको टोलीले छापा मारेर पक्राउ गरेको हो ।

वीरेन्द्रले घुस बापत खाएको १ लाख रूपैयाँ र उनको साथबाट थप पाँच हजार रूपैयाँसहित पक्राउ गरिएको अख्तयारले जनाएको छ । गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतका लागि कमिसन उठाउने जिम्मा नै वीरेन्द्रले पाएको पालिका स्रोतले जनाएको छ । अख्तियारले पक्राउ गरेर हिरासतमा राखेका तामाङका बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : August 3, 2026 at 8:24 pm