१८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026

मुग्लिन-नारायणगढ सडकमा पहिरो खस्यो, दुईतर्फी सडक अवरुद्ध

१८ साउन, काठमाडौं । मुग्लिन नारायणगढ सडक खण्ड  अवरुद्ध भएको छ । मुग्लिन बजार नजिकै पहिरो खस्दा सडक दुईतर्फ अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

सोमबार दिउँसो सडक अवरुद्ध भएको र पहिरो पन्छाउन उपकरण परिचालन भइसकेको सडक डिभिजन भरतपुरले जनाएको छ । यसअघि सोमबार बिहान पनि यो सडक खण्डको विभिन्न स्थानमा पहिरो खसेको थियो । पहिरो खस्दा एकतर्फी सडक सञ्चानमा ल्याइएको थियो । पहिरो पन्छाएर सडक सडक दुईतर्फी सञ्चालनमा ल्याइए पनि फेरि पहिरो खसेर सडक अवरुद्ध बनेको छ ।

प्रकाशित मिति : August 3, 2026 at 2:48 pm