१८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026

सिन्धुली कार दुर्घटनाः चालकसहित ३ जना सुनकोशी नदीमा बेपत्ता

१८ साउन, काठमाडौं । सिन्धुलीस्थित मध्यपहाडी राजमार्गबाट सुकोशी नदीमा कार खस्दा तीन जना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरूमा नाम नखुलेका कार चालक, कारमा सवार सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ का गणेश थापा र नाम नखुलेका एक जना हेल्पर छन् ।

फिक्कल गाउँपालिका–२ नवलपुरमा काठमाडौंबाट ओलखढुंगातर्फ जाँदै गरेको हेमबहादुर तामाङले चलाएको बा. प्र. ०८–००१ ख ०१४४ नम्बरको बसले खोटाङबाट खुर्कोटतर्फ आउँदै गरेको नम्बर नखुलेकाे कारलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट कार नदीमा बसेको हो ।

खोजीका लागि विपद् व्यवस्थापन बेस खुर्कोटबाट गोताखोरसहितको टोली परिचालन गरिएको सशस्त्र प्रहरी बलका सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

प्रकाशित मिति : August 3, 2026 at 2:16 pm