उद्योगी प्रकाश मुन्दडाको घरमा ५ घण्टा प्रहरीको छापा
१८ साउन,विराटनगर । मोरङ उद्योग व्यापार संघका पूर्वअध्यक्ष तथा नेपाल उद्योग परिसंघ कोशीका उपाध्यक्ष प्रकाश मुन्दडाको निवास र कार्यालयमा प्रहरीले छापा मारेको छ । अवैध रकम लुकाएको आरोपमा मुन्दडाको घरमा छापा मारेको प्रहरी रित्तो हात फर्किएको छ ।
अवैध रकम लुकाएको आरोपमा सोमबार बिहान साढे ४ बजेदेखि छापा मारेको प्रहरी करिब ५ घण्टापछि रित्तो हात फर्किएको छ । खानतलासीका क्रममा शंकास्पद बस्तु नभेटिएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए । मुन्दडा चाँदीको व्यापार गर्ने ठूला व्यापारी मध्ये पर्छन् ।
प्रकाशित मिति : August 3, 2026 at 12:07 pm



