१८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026

पुरै नघट्दै फेरि बढ्न थाल्यो पेट्रोलिय पदार्थको मूल्य

१८ साउन, काठमाडौँ । पछिल्लो चार महिना यता निरन्तर बढेको पेट्रोलियम पदार्थको मूल्य केही घट्नेक्रममै रहेको समयमा पुरै नघट्दै फेरि बढ्न सुरू भएको छ । सरकारले आइतबारमात्र पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ ।

नेपाल आयल निगमले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य वृद्धि गरेको हो । निगमले जारी गरेको विज्ञप्तिका अनुसार  पेट्रोलमा ३, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रूपैयाँ र हवाई इन्धनमा प्रतिलिटर २० रूपैयाँले मूल्यवृद्धि भएको छ । यो मूल्य साउन १८ गते बिहान १ बजेदेखि लागू हुने छ ।

यो सँगै पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर रु १९७, दोश्रो वर्गका लागि प्रतिलिटर रु १९९ र तेश्रो वर्गका लागि २०० पुगेको छ । यसअघि क्रमशः पहिलो, दोश्रो र तेश्रो वर्गका लागि रु १९४, १९६ र १९७ मूल्य कायम रहेको थियो । त्यस्तै डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १९७, दोश्रो वर्गका लागि १९९ र तेश्रो वर्गका लागि प्रतिलिटर रु २०० कायम भएको छ ।

यसअघि डिजेल र मट्टितेल क्रमशः पहिलो, दोश्रो र तेश्रो वर्गका लागि प्रतिलिटर रु १९२, १९४ र १९५ मा कायम थियो । त्यस्तै, हवाई इन्धनको मूल्य प्रतिलिटर २४९ पुगेको छ । यसअघि हवाई इन्धनको मूल्य प्रतिलिटर रु २२९ कायम थियो । एलपी ग्याँसको मूल्य भने यथावत राखिएको छ ।

प्रकाशित मिति : August 3, 2026 at 6:09 am