१७ श्रावण २०८३, आइतबार | Sun Aug 2 2026

हिमपहिरोमा परी पर्वतारोहीहरूको निधन भएकामा एमालेद्वारा दुःख व्यक्त

१७ साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पाकिस्तानको ‘ब्रड पिक’मा हिमपहिरोमा परी पर्वतारोहीहरूको निधन भएकामा दुःख व्यक्त गरेको छ । एमालेका महासचिव शंकर पोखरेलले आज एक शोक वक्तव्य जारी गर्दै यस अकल्पनीय खबरले पार्टी अत्यन्त स्तब्ध र मर्माहित भएको उल्लेख गरेका छन् ।

पर्वतारोहणको इतिहासमा कीर्तिमान कायम गर्दै आठ हजार मिटरभन्दा अग्ला विश्वका सबै १४ हिमाल ६ महिना ६ दिनमा आरोहण गरी नेपाल र नेपालीलाई चिनाउन सफल पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’ र उनका सहयात्रीहरू पुरबहादुर गुरुङ ‘युक्ता’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा र ग्यालु शेर्पाको निधनबाट पार्टी मर्माहत भएको एमालेले जनाएको छ ।

प्रकाशित मिति : August 2, 2026 at 11:53 am