१५ भदौ २०८३, सोमबार | Mon Aug 31 2026

काँकडभिट्टाबाट एक वर्षमा साढे २४ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात

१७ साउन, काठमाडाैं। काँकडभिट्टा, गत आर्थिक वर्षमा काँकडभिट्टा नाकाबाट रु २४ अर्ब ५० करोड ६७ लाख ४४ हजार बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। काँकडभिट्टा भन्सार कार्यालयका अनुसार उक्त अवधिमा पेट्रोल, डिजेल र एलपिजी गरी तीन प्रकारका पेट्रोलियम पदार्थ आयात भएका हुन्।

कार्यालयका अनुसार सबैभन्दा बढी मूल्यको पेट्रोल आयात भएको छ। गत आवमा रु १२ अर्ब १८ करोड ७ लाख ६४ हजारबराबरको पेट्रोल आयात भएको छ। यस्तै, रु ९ अर्ब ५५ करोड ४९ लाख ७ हजारबराबरको डिजेल र रु २ अर्ब ७७ करोड १० लाख ७३ हजार बराबरको एलपिजी आयात भएको छ।

dainiki.com

आर्थिक वर्ष २०८१/८२ मा काँकडभिट्टा नाकाबाट रु ८ अर्ब ९२ करोड ८५ लाख २६ हजारबराबरको पेट्रोल र रु ७ अर्ब ३ करोड ३२ लाख १९ हजारबराबरको डिजेल आयात भएको थियो। पछिल्लो आर्थिक वर्षमा पेट्रोलियम पदार्थको आयात मूल्यमा वृद्धि भएको देखिएको छ।

पेट्रोलियम पदार्थको आयातबाट गत आवमा उल्लेख्य राजस्व संकलन भएको छ। उनका अनुसार पेट्रोलबाट रु ५ अर्ब ८५ करोड ३७ लाख ५० हजार र डिजेलबाट रु २ अर्ब ९३ करोड २२ लाख ३९ हजार राजस्व संकलन भएको छ।

प्रकाशित मिति : August 2, 2026 at 9:16 am