१५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026

मधेशी नेतासँग प्रधानमन्त्रीले भनेः म संघीयता विरोधी होइन

१५ साउन, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफूलाई संघीयता विरोधीका रुपमा सपनामा पनि नसोच्न आग्रह गरेका छन्। मधेसकेन्द्रित दलका नेताहरुसँगको छलफलका क्रममा उनले आफू संघीयता विरोधी नरहेको प्रस्टीकरण दिएका हुन्।

राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता राजेन्द्र महतोले चितवनमा भएको राष्ट्रिय स्वतन्त्र पार्टिको महाधिवेशनमा संघीयताको विरोध भएको विषय छलफलमा उठाएका थिए।

dainiki.com

आफूले सङ्घीयताको विषयमा कुरा उठाएपछि प्रधानमन्त्रीले आफूलाई सङ्घीयताविरोधी सपनामा पनि नसोच्न आग्रह गरेको महतोले सञ्चारकर्मीलाई जानकारी दिए । ‘मलाई संघीयताविरोधी सपनामा पनि नसोच्नुहोला । प्रदेश बलियो बनाउने हो । संरचनाहरूमा सुधार गर्ने कुरा मात्र गरेको हो’ प्रधानमन्त्रीको भनाई उद्त गर्दै महतोले भने,’हाम्रो पार्टी संघीयताविरोधी होइन । बलगर संघीयता बनाइन्छ ।’

प्रकाशित मिति : July 31, 2026 at 2:16 pm