२३ भदौ २०८३, मंगलबार | Tue Sep 8 2026

ब्रोड पिक हिमपहिरोमा बेपत्तामध्ये चार जनाको शव फेला

१५ साउन, काठमाडाैं । पाकिस्तानको ब्रोड पिक आरोहण क्रममा हिमपहिरोमा परी बेपत्ता भएकामध्ये ४ जनाको शव फेला परेको छ। अल्पाइन क्लब अफ पाकिस्तानका अध्यक्ष इरफान खानले दिएको जानकारी अनुसार ४ जनाको शव फेला परेको छ ।

पाकिस्तानमा रहेको विश्वकै १२ औँ अग्लो हिमाल ‘ब्रोड पिक’ (८,०४७ मिटर) मा हिमपहिरोमा परी विश्वकीर्तिमानी नेपाली आरोही निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय टोली बेपत्ता छ।

dainiki.com

नधिरा अहमद अब्दुल्लाह अल हार्थी (ओमान), सोहेल साखी (पाकिस्तान), वाङ जोङ (चीन), मालोरी गाइस (अमेरिका), निर्मल पुर्जा ‘निम्स दाई’ (नेपाल), पुरबहादुर गुरूङ ‘युक्‍ता’ (नेपाल), किली पेम्बा शेर्पा ‘किलु’ (नेपाल), निमा शेर्पा (नेपाल), नवाङ थिन्डु शेर्पा (नेपाल) र ग्यालु शेर्पा (नेपाल) बेपत्ता रहेका छन् ।

प्रकाशित मिति : July 31, 2026 at 12:10 pm