१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

सिरहाको गोलबजारमा गोली लागेर एक जनाको मृत्यु

१४ साउन, काठमाडौं । सिरहाको गोलबजारमा एक जनाको मृत्यु भएको छ। दुई पक्षबिच झडप हुँदा गणेश यादवको मृत्यु भएको सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए ।

dainiki.com

अहिले सो क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए । थप विवरण भने आउन बाँकी छ । स्थिति अशान्त बनेसँगै गोलबजार क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ ।

प्रकाशित मिति : July 30, 2026 at 4:24 pm