१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

पर्साका एसपी पाठक तानिए, पवनकुमार भट्टराईलाई जिम्मेवारी

१३ साउन, काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख तथा एसपी सुदीप पाठक काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी सरुवा गरिएको छ । पर्साका एसपीमा जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत एसपी पवनकुमार भट्टराईलाई पठाइएको छ ।

dainiki.com

वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको दुर्व्यवहारको घटनापछि चिकित्सकहरूले एसपी पाठक र प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवाको माग गर्दै आन्दोलनसमेत गरेका थिए ।

घटनाबारे छलफल गर्न बसेको चिकित्सकहरूको वार्ता टोलीले एसपी पाठकको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सरुवाको माग राखेको थियो । सोहीबीच प्रहरी प्रधान कार्यालयले पाठकलाई रानीपोखरी सरुवा गरेको हो । परिसरमा भट्टराईको ठाउँमा एसपी दानबहादुर थापालाई जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति : July 29, 2026 at 4:52 pm