कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन
१२ साउन, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको छ । उनको जावलाखेलस्थित हेलिअस हस्पिटलमा उपचारका क्रममा मंगलबार निधन भएको हो ।

श्रेष्ठको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बुधबार बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने र त्यसपछि शवयात्रासहित पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी छ।कांग्रेस सभापति गगन थापाले साउन ७ गते नेता श्रेष्ठलाई पार्टीको वरिष्ठ नेता मनोनीत गरिएको घोषणा गरेका थिए ।
प्रकाशित मिति : July 28, 2026 at 3:40 pm



