११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

कर्फ्यू तोडेर प्रदर्शन भएपछि सुनसरीको देवानगन्ज क्षेत्रमा नेपाली सेना परिचालन

११ साउन, काठमाडाैं । सुनसरीको देवानगन्जमा प्रदर्शनकारीले कर्फ्यू तोडेर प्रदर्शन गरेपछि नेपाली सेना परिचालन गरिएको छ। कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शनकारीले आगजनी र तोडफोड सुरु गरेपछि नेपाली सेना परिचालन गरिएको हो ।

dainiki.com

देवानगन्ज गाउँपालिका ३ कप्तानगन्जमा आइतबार राति दुई समूहबीच भएको झडप नियन्त्रण गर्ने क्रममा प्रहरीको गोली लागेर सोही ठाउँका ओमप्रकाश मेहताको मृत्यु भएको थियो। गोली लागेर नौ जना सर्वसाधारण घाइते भएका छन्, जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।

घटनापछि जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बिहानदेखि ५ स्थानमा कर्फ्यु जारी गरेको थियो । कर्फ्यु उल्लङ्घन गर्दै सोमबार बिहानदेखि विभिन्न स्थानमा प्रदर्शन भइरहेको छ ।

प्रकाशित मिति : July 27, 2026 at 1:02 pm