सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन
११ साउन, काठमाडौं । सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको छ । गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन भएको हाे ।

समितिलाई प्रतिवेदन बुझाउन एक हप्ताभित्र म्याद दिइएको छ । यो अवधिमा घटनासँग सम्बन्धित सत्यतथ्य पत्ता लगाउन भनिएको छ।
प्रकाशित मिति : July 27, 2026 at 12:19 pm



