९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

७औँ ओशिनिया नेप्लीज स्पोर्ट्स मिटका लागि समन्वय समिति गठन, अध्यक्षमा बिजय जोशी

अष्ट्रेलिया — ओशिनिया क्षेत्रकै ठुलो खेलकुद महोत्सव मानिने ‘७औँ ओशिनिया नेप्लीज स्पोर्ट्स मिटको आयोजनाका लागि ओशिनिया समन्वय  कमिटी (OCC) गठन गरिएको छ।

अष्ट्रेलियाका विभिन्न राज्य, टेरिटोरी तथा न्युजिल्यान्डसहित ओशिनिया क्षेत्रका प्रतिनिधिहरू सम्मिलित एवं  बिजय जोशीको अध्यक्षता गठित उक्त उच्चस्तरीय कमिटीले सन् २०२७ मा साउथ अष्ट्रेलियाको एडिलेडमा आयोजना हुने खेलकुद प्रतियोगिताको सम्पूर्ण समन्वय र व्यवस्थापनको नेतृत्व गर्नेछ।

क्रिकेट अष्ट्रेलियाको बहुसास्कृतिक दुत समेत रहनु भएका जोशीको अध्यक्षतामा गठित कमिटीको उपाध्यक्षहरूमा अजय क्षेत्री (न्यु साउथ वेल्स), भैरव लिम्बू (भिक्टोरिया), सुरज पौडेल (अष्ट्रेलियन क्यापिटल टेरिटोरी – ACT), चन्द्र प्रकाश गुरुङ (नर्दन टेरिटोरी – NT), प्रसुन कुमार उपाध्याय (क्विन्सल्यान्ड), उमेश थापा (वेष्टर्न अष्ट्रेलिया), हरी गौतम (तास्मानिया), बाल तिमिल्सिना(न्युजिल्यान्ड) रहनु भएको छ । यसैगरि सचिव: सन्तोष अधिकारी, कोषाध्यक्ष: दीपेश राज पाण्डे, वित्तीय संयोजक (Financial Coordinator): दिप्सन खड्का र पब्लिक अफिसर: विष्णु हमाल हुनुहुन्छ ।

कार्यसमिति सदस्यहरू प्रमिला थापा (एनएसडव्लु), महेश श्रेष्ठ (भिक्टोरिया), राम मणी भुसाल (नर्दन टेरोटेरि), शरण भट्ट (कुईन्सल्याण्ड), सुमित पाडाल (एसिटी), प्रदीप महर्जन (वेष्टर्न अष्ट्रेलिया), सुजित रेग्मी (तास्मानिया), र सुबोध ढकाल (न्युजिल्यान्ड) रहनु भएको छ ।

कमिटीको विभागीय संयोजकहरूमा मिडिया संयोजक: बालगोपाल उपाध्याय, डकुमेन्ट कन्ट्रोलर: नविन पन्त, लजिस्टिक्स संयोजक: सन्तोषी गौतम, इभेन्ट म्यानेजमेन्ट संयोजक: पुष्कर कोइराला, ICT सपोर्ट संयोजक: मधुकर पौडेल, सांस्कृतिक संयोजक: सिमा गुरुङ, प्रमोसन संयोजक: शबा डिसी न्यौपाने, खेलकुद संयोजक: थिर गुरुङ, मेडिकल संयोजक: रक्षा शुक्ला रहनु भएको छ ।

अध्यक्ष जोशीले यस खेलकुद प्रतियोगिताले ओशिनिया क्षेत्रभरि छरिएर रहेका नेपालीहरूबीच एकता, खेलकुद क्षमताको विकास र भाइचारा प्रवर्द्धन गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने बताउनु भयो ।

उहाले आगामी दिनमा सहभागी राज्य तथा राष्ट्रहरूसँग तीव्र समन्वय गर्दै प्रतियोगितालाई ऐतिहासिक, समावेशी र भव्य रूपमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

उहाले सम्पूर्ण नेपाली समुदायलाई यस खेलकुद महाकुम्भमा हातेमालो गर्न आह्वान समेत गर्नु भएको छ ।

प्रकाशित मिति : July 25, 2026 at 11:34 am