८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

गुडिरहेको मोटरसाइकलमा उभिएर भिडियो बनाएका रास्वपा सांसद गुप्तालाई ५०० रुपैयाँ जरिबाना

८ साउन, सिरहा । गुडिरहेको मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाएको दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ।

ट्राफिक प्रहरी कार्यालय, लहानले सांसद गुप्तालाई ट्राफिक नियम उल्लंघन गरेको भन्दै ५ सय रुपैयाँ जरिवाना तिराएको हो। गुप्ता गुडिरहेको बुलेट मोटरसाइकलको पछाडि उभिएर मोबाइलबाट भिडियो खिचिरहेको दृश्य सार्वजनिक भएपछि सामाजिक सञ्जालमा आलोचना भएको थियो ।

dainiki.com

सार्वजनिक पदमा रहेका व्यक्तिले नै ट्राफिक नियम उल्लंघन गरेको भन्दै उनीमाथि सर्वसाधारणसरह कानुन लागू हुन्छ कि हुँदैन भन्ने प्रश्नसमेत उठेको थियो । त्यसपछि ट्राफिक प्रहरीले उनलाई ट्राफिक नियम उल्लंघन गरेको कसुरमा जरिबाना गरेको हो ।

 

प्रकाशित मिति : July 24, 2026 at 1:17 pm