६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

प्रधानमन्त्रीले आज हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै

६ साउन, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिहरुसँग छलफल गर्ने भएका छन् । नेपालको हस्तकला, त्यसको विस्तार र प्रवर्द्धन गर्ने उद्येश्यले महासंघका प्रतिनिधिसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ११:३० बजे छलफलको कार्यक्रम तय भएको छ ।

dainiki.com

छलफलमा महासंघका अध्यक्ष रविन्द्र शाक्य, वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, उपाध्यक्ष किरण कुमार स्थापित, सल्लाहकार विकास रत्न ढाक्वा र शीर्ष निर्यातकर्ता महेश्वर श्रेष्ठ सहभागी सहभागी रहनेछन् ।

प्रकाशित मिति : July 22, 2026 at 10:30 am