कीर्तिपुरको ट्याङ्लाफाँटमा गुडिरहेको कारमा आगलागी
५ साउन, काठमाडौं । कीर्तिपुरमा एक निजी गाडीमा आगलागी भएको छ । कीर्तिपुर नगरपालिकास्थित ट्याङ्लाफाँटमा गुडिरहेको एक निजी कारमा अचानक आगलागी भएको छ।
बा ५ च ३०३८ को गाडी आगलागी भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदीले जानकारी दिए । घटनाको थप विवरण आउन बाँकी छ ।
प्रकाशित मिति : July 21, 2026 at 12:32 pm





