सार्वजनिक बिदाको पुनरावलोकन गर्न कार्यदल गठन गरिने
४ साउन, काठमाडौँ । सरकारले साविकमा कायम रहेका सार्वजनिक बिदाहरूको पुनरवलोकन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ। सोमबार मुख्य सचिव गोबिन्दबहादुर कार्की नेतृत्वको बैठकले हप्तामा दुई दिन (शनिबार र आइतबार) बिदा भएकाले अन्य सार्वजनिक बिदालाई पुनरावलोकन गर्न समिति गठन गर्ने निर्णय गरेको हो।
गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय सचिव बैठकले गरेको मुख्यसचिव कार्कीद्वारा बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ। बैठकले कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधि रहने निर्णय पनि गरेको छ।

गठित कार्यदललाई साविकका सार्वजनिक बिदाहरूको अध्ययन तथा पुनरावलोकन गरी प्रतिवेदन तयार पार्न १५ दिनको समयसीमा तोकिएको छ।
प्रकाशित मिति : July 20, 2026 at 3:01 pm





