४ श्रावण २०८३, सोमबार | Tue Jul 21 2026

रसुवागढी हाइड्रोपावरको निमित्त सीईओमा पुष्कर अमात्य नियुक्त

४ साउन, काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुष्कर अमात्य नियुक्त भएका छन्। कम्पनीका सीईओ रहेका सत्य राम ज्याख्व साउन १ गतेदेखि नेपाल विद्युत प्राधिकरणमा काज फिर्ता भएपछि साउन २ गते बसेको सञ्चालक समितिको बैठकले निमित्त सीईओ नियुक्त गरेको हो।

dainiki.com

नवनियुक्त सीईओ अमात्य कम्पनीद्वारा प्रवद्धित रसुवागढी जलविद्युत आयोजनाका सिभिल निर्माण महाशाखा प्रमुख पदमा कार्यरत थिए ।

प्रकाशित मिति : July 20, 2026 at 11:33 am