रुकुमपूर्व केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प
३ साउन, काठमाडौं । रुकुमपूर्व केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार साँझ ४ बजेर ३० मिनेटमा रुकुम पूर्वको कोल क्षेत्र केन्द्रबिन्दु भएर ५.० म्याग्निट्युडको भूकम्प गएको हो ।
भूकम्पको धक्का रुकुम पूर्वसहित आसपासका जिल्लामा समेत महसुस भएको जनाइएको छ ।
प्रकाशित मिति : July 19, 2026 at 4:59 pm





