३ श्रावण २०८३, आइतबार | Sun Jul 19 2026

फिफा विश्वकप २०२६को काँस्य पदक इंग्ल्यान्डको पोल्टामा

३ साउन, काठमाडौँ । इंग्ल्यान्ड फिफा विश्वकप २०२६ मा तेस्रो भएको छ। फ्रान्सलाई ६-४ गोलले पराजित गर्दै इंग्ल्यान्ड तेस्रो भएको हो । आइतबार बिहान अमेरिकाको मियामी स्टेडियममा भएको तेस्रो स्थानका लागि भएको खेलमा इंग्ल्यान्डले जित निकाल्दै काँस्य पदक प्राप्त गरेको हो ।

इंग्ल्यान्डको जितमा बुकायो साकाले ह्याट्रिक गरे । डेक्लान राइस, एज्री कोन्सा र जुड बेलिङ्घमले एक-एक गोल थपे । फ्रान्सका लागि कप्तान किलियन एमबाप्पेले दुई तथा ब्राडली बारकोला र उस्मान डेम्बेलेले एक-एक गोल गरे ।

इंग्ल्यान्डले विश्वकपमा तेस्रो स्थान हासिल गरेको यो पहिलो अवसर हो। सन् १९६६ मा उपाधि जितेपछि यो विश्वकपमा इंग्ल्यान्डको उत्कृष्ट नतिजासमेत हो । इंग्ल्यान्ड यसअघि सन् १९९० र २०१८ मा चौथो भएको थियो।

प्रकाशित मिति : July 19, 2026 at 6:31 am