३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

एमाले पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

३२ असार, जनकपुरधाम । बन्दी प्रत्यक्षकरण रिटको सुनवाइमा सर्वोच्च अदालतले नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई कारागार मुक्त गर्न आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय श्रीकान्त पौडेल र कुमार रेग्मीको संयुक्त इजलासले कोइरीलाई थुनामुक्त गर्न आदेश दिएको हो ।

dainiki.com

थमनविक हत्या प्रकरणमा उच्च अदालत जनकपुरले उनलाई पाँच वर्ष जेल सजाय सुनाएको थियो । सुनवाइको भोलिपल्टै कोइरीलाई पक्राउ गरी जलेश्वर कारागार चलान गरिएको थियो।

प्रकाशित मिति : July 16, 2026 at 5:23 pm