प्रधानमन्त्री शाह र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता
३२ असार, काठमाडौं । प्रधानमन्त्री बालेन शाह र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आज उनीहरूबीच कुराकानी भएको हो।
समसामयिक राजनीतिक घटनाक्रम, मुलुकको पछिल्लो अवस्था र आपसी हितका विभिन्न विषयहरूमा प्रधानमन्त्री र राप्रपा नेताहरूबीच छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। छलफलमा राप्रपाका अध्यक्ष लिङदेनसँगै वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य खुश्बु ओली सहभागी छन् ।
प्रकाशित मिति : July 16, 2026 at 3:50 pm





