४ मंसिर २०८३, बिहिबार | Thu Nov 19 2026

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि आह्वान गरेको दरखास्त रद्द

https://www.muktinathbank.com.np/online/loan-application

३१ असार, काठमाडौं । सरकारले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशका लागि आह्वान गरेको दरखास्त रद्द गरेको छ।  स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले सूचना प्रकाशित गरी स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि आह्वान गरिएको दरखास्त रद्द गरेको हो। मन्त्रालयले कार्यविधि बनाई दरखास्त आह्वान गर्ने प्रावधान रहेको भन्दै गत असार २ गते खुलाएको दरखास्त रद्द गरिएको जनाएको छ।

स्वास्थ्य मन्त्रालयले असार २ गते १५ दिनको म्याद राखेर कार्यकारी निर्देशक पदमा दरखास्त आह्वान गरेको थियो। असार १६ गते दरखास्त दिएका १२ जनाको नाम सार्वजनिक समेत गरेको थियो। तर, कार्यकारी निर्देशक चयन गर्ने समयमा आएर स्वास्थ्य मन्त्रालयले दरखास्त नै रद्द भएको सूचना निकालेको छ।

प्रकाशित मिति : July 15, 2026 at 10:53 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/