सिंहदरबार दक्षिण गेट अगाडि मोटरसाइकल पार्किङ गरेर अनेरास्ववियुको प्रदर्शन
३१ असार, काठमाडौं । नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुले सिंहदरबारको दक्षिण गेट अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शन गरेको छ ।
उनीहरुको प्रदर्शनबाट केहीबेर दक्षिण गेट अगाडिको सडकमा यातायात प्रभावित भएको थियो । उनीहरूले ‘गरिबको आवाज दबाउन पाइँदैन’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए। लगत्तै प्रहरीले उनीहरुलाई हटाएको थियो ।
प्रकाशित मिति : July 15, 2026 at 10:45 am





