नक्कली शरणार्थी प्रकरणमा कसलाई कति सजाय ? (सूचीसहित)
३० असार, काठमाडौँ । जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा मुछिएकामध्ये दोषी ठहर भएका आरोपितहरूको सजाय निर्धारण गरेको छ ।
न्यायाधीश तेजबहादुर खड्काको इजलासले ठगी, संगठीत अपराध र राज्यविरुद्धको कसुरमा मुछिएकाहरूलाई सजाय निर्धारण गरेको हो ।
अदालतले पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई ‘ठगी र संगठित अपराध’ मा सहयोगी (मतियार) को रूपमा दोषी ठहर गर्दै २ वर्ष कैद र २० हजार जरिवाना हुने फैसला सुनाएको छ।

जिल्ला न्यायाधीश तेजबहादुर खड्काको इजलासले खाणलाई भुटानी शरणार्थी प्रकरणमा ‘मतियार’ ठहर गर्दै सजाय सुनाएको हो।
यस्तै, अदालतले पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी राज्यविरुद्धको कसुरसहित तीन वटा अपराधमा दोषी ठहर गर्दै ४ वर्ष कैद र ४० हजार जरिवाना हुने फैसला सुनाएको छ।
यस्तो छ अन्यको सजायः



प्रकाशित मिति : July 14, 2026 at 9:11 pm





