३० असार २०८३, मंगलबार | Tue Jul 14 2026

राष्ट्रपतिले गरे तीन विधेयक प्रमाणीकरण

३० असार, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीन वटा विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले विनियोजन विधेयक, २०८३, राष्ट्र ऋण उठाउने विधेयक, २०८३ र आर्थिक विधेयक, २०८३ विधेयक प्रमाणीकरण गरेका हुन् ।

संघीय संसदको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको विधेयकहरू नेपालको संविधानको धारा ११३ को उपधारा (२ं) बमोजिम प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : July 14, 2026 at 4:53 pm