मिडिया हाउसको गेटमा बेवारिसे गाडी राखेर आतंकित पार्नेलाई कारबाही गर्न महासंघको माग
२९ असार, काठमाडौं । विभिन्न मिडिया हाउसको गेटमा शंकास्पद पार्किङ गरी आतंक सिर्जना गरिएको भन्दै नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ ।
आज बिहान तीनकुनेस्थित कान्तिपुर पब्लिकेसन, नयाँबानेश्वरको अनलाइन खबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिनजको कार्यालय गेटमै बेवारिसे कार छाडेर आवतजावतमा अवरोध गरिएको थियो ।
महासंघका महासचिव रामप्रसाद दाहालले एक विज्ञप्ति निकाल्दै तत्काल गाडीको अवरोध हटाई सञ्चारकर्मी र सञ्चारगृहको सुरक्षा गर्न सम्बद्ध निकायसँग माग गरेका छन् ।

प्रकाशित मिति : July 13, 2026 at 1:28 pm





