२९ असार २०८३, सोमबार | Mon Jul 13 2026

प्रेस चाैतारीका केन्द्रीय सदस्य गणेश आचार्य पक्राउ

प्रेस चाैतारीका केन्द्रीय सदस्य गणेश आचार्य पक्राउ

२९ असार, काठमाडौँ । प्रेस चौतारीका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेशका सहइन्चार्ज गणेश आचरा्य पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बहुविवाहको मुद्दामा आचार्य पक्राउ परेका हुन ।

एमाले महासचिव शंकर पोखरेलको प्रेस सल्लाहकारका रूपमा समेत चिनिएका आचार्य शुक्रबार पक्राउ परेका हुन । काठमाडौँ उपत्यका अपराध अननुसन्धान कार्यालय टेकुको टोलीले जिल्ला प्रहरी कार्यालय दाङको पत्र अनुसार आचार्यलाई पक्राउ गरेर दाङ पठाएको हो ।

श्रीमती ललिता आचार्यले गणेशकाविरूद्धमा बहुविवाहको मुद्दा हालेकी थिइन । तर गणेश राजनीतिक प्रभाव देखाएर भाग्दै आएका थिए । ललिताले गणेश पक्राउ परेसँगै फेसबुक मार्फत प्रहरीलाई धन्यवाद दिएकी छिन भने गृह मन्त्रालयमै पुगेर गृहमन्त्री सुधन गुरूङलाई समेत धन्यवाद दिएकी छिन ।

आचार्यको श्रीमती ललिताले फेसबुकमा गरेको पोस्ट ।

प्रकाशित मिति : July 13, 2026 at 10:13 am