७ जेष्ठ २०८१, सोमबार | Tue May 21 2024

झापा–११ साहारालाई हराउँदै कटारी मेयर गोल्डकप फाइनलमा


१४ चैत, उदयपु । उदयपुरको कटारीमा जारी चौथौ कटारी मेयर गोल्डकपमा झापा ११ फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा सहारा क्लब पोखरालाई झापा ११ ले २–० गोलले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

खेलको ६ औं मिनेटमै झापाका लागि सरोज कार्कीले गोलको खाता खोलेर झापाले अग्रता लिएको थियो । दोस्रो हाफको ८६ औं मिनेटमा झापाका आशिष चापागाईँले सेन्टरबाट एक्लो प्रयासमा बललाई डिबक्स भित्र पुराएपछी नियन्त्रणमा लिएका झापाका कर्ण लिम्बुले गोलमा परिणत गरेसँगै झापाले गोल संख्या २ पुराउँदै फाइनल यात्रा सुनिश्चित गरेको हो ।

खेलको म्यान अफ द म्याच झापाका विकास थुलुँग भए । उनलाई समाजसेवी चन्द्रबहादुर तामाङ्ग नगद ५ हजार रुपैयाँ प्रदान गरे । बिहीबार दोस्रो सेमिफाइनलमा गोर्खा ब्वाइज रुपन्देही र संकटाले मैदानमा फाइनलमा लागि प्रतिष्पर्धा गर्नेछन् । शनिबारदेखि जारी गोल्डकपमा ३ डिभिजन लिग खेलेका टिमसहित ८ टिमको सहभागिता थियो ।

गोल्डकप बिजेताले नगद ५ लाख रुपैयाँका साथमा ट्रफी हात पार्नेछ भने उपबिजेताले नगद २ लाख ५१ हजार रुपैयाँ हात पार्ने मूल आयोजक समितिका अध्यक्ष विनोद कटुवालले बताउनुभयो ।
कटारी नगरपालिकाको सहकार्य र साथि समूहको संयोजनमा गोल्डकप आयोजना गरिएको हो । आउँदो चैत्र १७ गते गोल्डकप सकिनेछ ।

प्रकाशित मिति : १४ चैत्र २०७४, बुधबार १९:५७