२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

अघोषित लोडसेडिङको अन्त्य गर्न मोरङ उद्योग व्यापार सङ्घको आग्रह

२५ असार, विराटनगर । मोरङ उद्योग व्यापार सङ्घले आज एक प्रेस विज्ञप्ति जारी गर्दै विद्युत् आपूर्ति नियमित गर्न नेपाल विद्युत् प्राधिकरण, मोरङ शाखालाई गम्भीर ध्यानाकर्षण गराएको छ ।

वर्षायाममा विद्युत् आपूर्ति अनियमित भएपछि नियमित गर्न प्राधिकरणले प्रेस विज्ञप्ति जारी गरेको बताउँदै सङ्घले पटक–पटकको ट्रिपिङ, न्यून भोल्टेज र अघोषित लोडसेडिङका कारण यस क्षेत्रका उद्योग व्यवसायमा नकारात्मक प्रभाव परेको विज्ञप्तिमा उल्लेख छ ।

dainiki.com

सङ्घका अध्यक्ष राठीले विद्युत् नियमित नहुँदा प्लास्टिक, स्टील, सिमेन्ट, खाद्य र रासायनिक पदार्थ उत्पादनमा कच्चापदार्थ जम्नगइ डढ्ने र उत्पादन पूर्ण रुपमा खेर जाने बताए । उनले विद्युत् आपूर्तिमा देखिएका समस्याले उद्योगीमा चरम निराशा पैदा गरेको जानकारी दिए ।

प्रकाशित मिति : July 9, 2026 at 5:23 pm