२२ असार २०८३, सोमबार | Mon Jul 6 2026

संसदमा सांसदहरूले उठेका प्रश्नको जबाफ दिन सरकारलाई सभामुखको निर्देशन

२२ असार, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले संसद्मा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिन सरकारलाई निर्देश गरेका छन् । सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अर्यालले आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका समसामयिक प्रश्नहरूको जबाफ दिन सरकारलाई रूलिङ गरेका हुन् ।

dainiki.com

त्यस्तै, उनले सम्भावित प्राकृतिक विपद् व्यवस्थापनको पूर्वतयारीबारे सदनलाई जानकारी गराउन पनि निर्देशन दिए। सभामुख अर्यालले भने, “देशका विभिन्न भागमा बाढी, पहिरो तथा डुबानका कारण हुनसक्ने जनधनको क्षति न्यूनीकरण तथा विपद् व्यवस्थापन र पूर्वतयारीमा भए/गरेका कामकारबाहीका सम्बन्धमासमेत जानकारी गराउन सरकालाई निर्देशन गर्दछु ।”

प्रकाशित मिति : July 6, 2026 at 1:41 pm