कर्णालीमा खस्यो गाडी
१८ असार, काठमाडौं । सुर्खेतबाट कालिकोटका लागि छुटेको यात्रुबाहक गाडी कर्णाली नदीमा खसेको छ। सुर्खेतबाट कालीकोट जाँदै गरेको क.प्र. ०२-००१ ख १०५५ नम्बरको माइक्रो गाडी चामुण्डाबिन्द्रासैनी नगरपालिका-७ कर्णाली राजमार्गको साङगेतरास्थित कर्णाली नदीमा खसेको हो ।

प्रहरीका अनुसार गाडी सडकबाट ४०० मिटर तल खसेको छ भने घटनास्थलबाट एक जनालाई अचेत अवस्थामा उद्धार गरिएको छ । गाडीमा कति जना सवार थिए भन्ने खुलिसकेको छैन।
प्रकाशित मिति : July 2, 2026 at 2:03 pm









