१६ असार २०८३, मंगलबार | Tue Jun 30 2026

पेट्रोलियम पदार्थको मूल्य घट्यो (सूचीसहित)

१६ असार, काठमाडाैँ । सरकारले पेट्रोलियम पदार्थको मूल्यमा घटाएको छ । नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य घटाउने निर्णय गरेको  निगमले जनाएको छ । घटेको मूल्य मंगलबार मध्यरातिदेखि लागू हुनेछ ।

पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ घटेको छ भने डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँले मूल्य घटेको छ । योसँगै काठमाडौं, पोखरा र दिपायल जस्ता तेस्रो वर्गका क्षेत्रहरूमा अब पेट्रोलको नयाँ खुद्रा बिक्री मूल्य प्रतिलिटर १७७ रुपैयाँ र डिजेलको मूल्य १५५ रुपैयाँ कायम भएको निगमले जनाएको छ ।

एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले घटेको छ । हवाई इन्धन आन्तरिकतर्फ पनि प्रतिलिटर ४० रुपैयाँले मूल्य घटेको छ । मूल्य घट्ने पूर्व सूचना पाएका कारण धेरै व्यवसायिकले मंगलबार पेट्रोलिय पदार्थ उठाएका थिएनन् ।

प्रकाशित मिति : June 30, 2026 at 11:25 pm