कंलकीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
१५ असार, काठमाडौं । काठमाडौंको कलंकीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। सोमबार बिहान काठमाडौं महानगरपालिका- १४ कंलकी पुल नजिक बा ९० प ५३४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको थियो । दुर्घटनामा कैलाली घर भएका चालक २७ वर्षीय प्रकाश साहको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा पुर्याइएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : June 29, 2026 at 12:26 pm









