११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

विकल्पविना होल्डिङ सेन्टरबाट हटाए पुरानै ठाउँमा बस्ने सुकुम्वासीको चेतावनी

११ असार, काठमाडाैं । सरकारले स्थायी व्यवस्थान नगरी होल्डिङ सेन्टरबाट हटाएमा पुरानै स्थानमा गएर बस्ने सुकुम्वासीले चेतावनी दिएका छन्। काठमाडौँको कीर्तिपुरस्थित राधास्वामी सत्संगमा बसिरहेका भूमिहिन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीले बिहीबार संयुक्त प्रेस विज्ञप्ति जारी गरी पुरानै ठाउँमा बसोबास गर्ने चेतावनी दिएका हुन्।

दुई महिनाअघि असुरक्षित बस्ती हटाउने र ६० दिनभित्र स्थायी समाधान दिने आश्वासनसहित सरकारले उनीहरूलाई होल्डिङ सेन्टरहरुमा ल्याएर राखेको थियो ।तर, प्रतिवद्धता पूरा गर्नुको साटो सरकारले पाँच दिनभित्र २५ हजार रुपैयाँ लिएर आफैँ व्यवस्थापन गर्न र हाेल्डड सेन्टर छोड्न बाध्यकारी दबाब दिएपछि पीडितहरू आक्रोशित बनेका हुन् ।

dainiki.com

चुनावका बेला जग्गा धनी पुर्जा दिने वाचा गरेका वर्तमान सरकार प्रमुखले अहिले आफूहरूलाई बिचल्लीमा पारेको उनीहरूको आरोप छ । सेन्टरमा दुई महिनादेखि बस्दै आएका पीडितहरूले त्यहाँ खान र अन्य आधारभूत सुविधा कठिन रहेको तथा बालबालिकाको पढाइ अन्योलमा परेको गुनासो समेत उक्त पत्रमा गरेका छन् ।

गर्मी र कष्टका बीच सरकारको दिगो व्यवस्थापनको पर्खाइमा बसेका उनीहरूलाई अचानक हट्न सूचना जारी गरिएपछि असन्तुष्ट हुँदै उनीहरुले सरकारसमक्ष ५ बुँदे माग अघि सारेका छन् ।

प्रकाशित मिति : June 25, 2026 at 3:55 pm