९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

गृहमन्त्रीको थालमा भेटिएको माछाको काँडाको मूल्य तीन लाख !

९ असार, चितवन । भरतपुर महानगरपालिका वडा नं. १० मा सञ्चालित ‘लर्ड्स बिजनेस कम्प्लेक्स होटल प्रालि’ले गृहमन्त्री सुधन गुरूङको थालमा भेटिएको माछाको काँडाको मूल्य तीन लाख नगद तिरेको छ । गृहमन्त्रीको अमलेटको थालमा माछाको काँडा भेटिएपछि अनुगमनको नाममा प्रशासनले होटललाई तीन लाख जरिवाना गराएको हो ।

जिल्ला प्रशासन कार्यालय चितवनले गुणस्तरहीन खाद्य सामग्रीको प्रयोग गरी उपभोक्ताको स्वास्थ्यमा खेलबाड गरेको भन्दै कारबाही गरेको छ । गृहमन्त्रीको थालमा माछाको काँडा भेटिएपछि सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गएको निरीक्षण टोलीले उक्त होटलमा आकस्मिक अनुगमन गरेको थियो ।

अनुगमनमा होटलले गुणस्तरहीन खानेतेल प्रयोग गरेको, तरकारीको ताजापनमा ध्यान नदिएको र उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्ने गरी खानेकुरा उपलब्ध गराएको भन्दै तीन लाख जरिवाना गरेको हो ।

प्रकाशित मिति : June 23, 2026 at 10:51 pm