विष्णु पौडेललाई बसबाट काठमाडौँ ल्याइँदै
९ असार, काठमाडाैँ । नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेललाई प्रहरीले बसबाट काठमाडौँ ल्याइरहेको छ । गृहमन्त्री सुधन गुरूङको आदेश अनुसार नै पौडेललाई काठमाडौँ ल्याइदै गरेको प्रहरीले जनाएको छ । अब केही घण्टामा पौडेल काठमाडौँ आइपुग्नेछन ।
विचौलिया दीपक भट्टसँग कारोकार देखिएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रपछि प्रहरीले सुर्खेतबाट पक्राउ गरेको थियो । पौडेललाई सुर्खेतबाट प्रहरी भ्यानमा नेपालगञ्ज पुर्याएको भए पनि नेपालगञ्जबाट बसमा राखेर ल्याउँदै गरिएको प्रहरीले जनाएको छ ।

केही घण्टामा काठमाडौँ आइपुगे लगत्तै पौडेललाई विशेष अदालतमा उपस्थित गराइनेछ । अदालतको म्याद थपपछि पौडेललालाई हिरासतमा राखिनेछ । पाैडेल यसअघि निर्वाचनमा भारी मतान्तरमा पराजित भएपछि हवाइयात्रा नगरी स्कोरपियो चढेर काठमाडाैँ हिँडेका थिए । उनले त्यस समय काटेको टिकट समेत क्यान्सिल गराएका थिए ।
प्रकाशित मिति : June 23, 2026 at 10:32 am









