८ असार २०८३, सोमबार | Mon Jun 22 2026

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

८ असार, काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् ।

पार्टी कार्यक्रमका लागि सुर्खेत पुगेका उनलाई सम्पत्ति शुद्धीकरण विभागले पक्राउ गरेको हो। पूर्वअर्थमन्त्री समेत रहेका पौडेललाई सुर्खेतबाट पक्राउ गरेर काठमाडौँ ल्याउन लागिएको प्रहरी स्रोतले जनाएको छ ।

विभागले उनलाई नियन्त्रणमा लिनुअघि ललितपुरको भैंसेपाटीस्थित उनको निवासमा छापा मारेको थियो । प्रहरीले छापा मारेर केही कागजात समेत नियन्त्रणमा लिएको विभाग सम्बद्ध स्रोतले जानकारी दियो ।

प्रकाशित मिति : June 22, 2026 at 6:25 pm