८ असार २०८३, सोमबार | Mon Jun 22 2026

११ महिनामा नेपालको व्यापार घाटा १६ खर्ब १६ अर्ब नाघ्यो

८ असार, काठमाडाैं । चालू आर्थिक वर्ष २०८२/८३ को ११ महिनाको अवधिमा नेपालले वैदेशिक व्यापारमा २ खर्ब ७७ अर्ब रुपैयाँ व्यापार घाटा ब्यहोरेको छ। भन्सार विभागको पछिल्लो तथ्याङ्क अनुसार समीक्षा अवधिमा नेपालको कुल व्यापार घाटा १५.६७ प्रतिशतले बढेर १६ खर्ब १६ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ।

गत वर्षको यही अवधिमा नेपालले १३ खर्ब ९७ अर्ब रुपैयाँ व्यापार घाटा ब्यहोरेको थियो।  तथ्यांकअनुसार नेपालले यस अवधिमा २ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँको निर्यात गरेको छ। गत वर्षको यही अवधिमा नेपालबाट २ खर्ब ४७ अर्ब रुपैयाँको निर्यात भएको थियो। यस्तै, विदेशबाट ११ महिनाको अवधिमा १८ खर्ब ९४ अर्ब रुपैयाँको वस्तु आयात भएको छ।

dainiki.com

जबकी, गत वर्षको यही अवधिमा नेपालमा १६ खर्ब ४४ अर्ब रुपैयाँको आयात भएको थियो। याे चालू वर्षको तुलनामा १५.१६ प्रतिशतले न्यून हो। अर्थात यस वर्ष १५ प्रतिशतभन्दा बढीले नेपालको आयात बढेको छ। जबकी, निर्यात १२ प्रतिशतले मात्रै बढेको छ।

प्रकाशित मिति : June 22, 2026 at 4:20 pm