८ असार २०८३, सोमबार | Mon Jun 22 2026

घोराही सिमेन्ट इण्डष्ट्रिको रजिष्टर्ड कार्यालय स्थानान्तरण हुने

८ असार, काठमाडाैं। घोराही सिमेन्ट इण्डष्ट्रि लिमिटेडको रजिष्टर्ड कार्यालय स्थानान्तरण हुने भएको छ।  हाल काठमाडाैं महानगरपालिका–११, थापाथलीस्थित ट्रेड टावरमा रहेको रजिष्टर्ड कार्यालयलाई काठमाडाैं महानगरपालिका–२८, पुतलीसडकस्थित त्रिवेणी कम्प्लेक्सको चौथो तल्लामा सारिने कम्पनीले जनाएकाे छ ।

dainiki.com

कम्पनीको सञ्चालक समितिको असार ७ गते बसेको बैठकले असार ९ गतेदेखि रजिष्टर्ड कार्यालय स्थानान्तरण गर्ने निर्णय गरेको हो । कम्पनीले उक्त नयाँ स्थानबाट आफ्ना सम्पूर्ण प्रशासनिक कार्य तथा ग्राहक सेवा यथावत रूपमा सञ्चालन हुने जानकारी दिएको छ।

प्रकाशित मिति : June 22, 2026 at 12:02 pm