७ असार २०८३, आइतबार | Sun Jun 21 2026

हुम्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प

७ असार, काठमाडौं । हुम्ला जिल्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो २ः३२ बजे हुम्लाको श्रीनगर क्षेत्रलाई केन्द्रविन्दु बनाएर चार दशमलव एक रेक्टरस्केलको भूकम्प गएको हो ।

dainiki.com

भूकम्पको धक्का हुम्लासहित आसपासका जिल्लामा महसुस गरिएको जनाइएको छ । यसअघि गत जेठ २९ गते सङ्खुवासभाको च्याम्ताङ आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको थियो । नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समयमा सानाठूला भूकम्प जाने गरेको केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : June 21, 2026 at 3:25 pm