४ असार २०८३, बिहिबार | Thu Jun 18 2026

रुपन्देहीमा बेवारिसे अवस्थामा भारतीय नम्बर प्लेटका दुई कार बरामद

४ असार, भैरहवा । रुपन्देही प्रहरीले बेवारिसे अवस्थामा रहेका भारतीय नम्बर प्लेटका दुई वटा कार बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देही र इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको संयुक्त प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका–६ स्थित शहिदपथ क्षेत्रमा शंकास्पद अवस्थामा पार्किङ गरिएको दुई वटा कार फेला पारी नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार बरामद गरिएका सवारीसाधनमध्ये युपी ५३ बिडी ००२९ नम्बरको हुन्डाई कार र युपी ५३ डिएफ ६९८० नम्बरको महिन्द्रा कार रहेका छन्। दुवै सवारीसाधनको अनुमानित बजार मूल्य करिब २७ लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

बरामद गरिएका कारहरू आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि भैरहवा भन्सार कार्यालय, बेलहिया रुपन्देही मा बुझाइएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले सवारीसाधन बेवारिसे अवस्थामा फेला परेको र त्यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित मिति : June 18, 2026 at 7:43 am