२ असार २०८३, मंगलबार | Tue Jun 16 2026

२ जेठ, काठमाडौं । सेफ सन्तोष साह रिहा भएका छन् ।  बैंकिङ कसुर तथा ठगीको आरोपमा पक्राउ परेका साह सोमबार साँझ उनी हाजिर जमानीमा रिहा भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।

dainiki.com

सकुन्तला अधिकारी (थापा)ले उनीविरुद्ध उजुरी दिएकी थिइन् । होटल किन्ने भन्दै रकम नदिएर ठगी गरेको आरोपमा उनी पक्राउ परेका थिए । साहविरुद्ध यसअघि काठमाडौं जिल्ला अदालतले बैंकिङ कसुरको मुद्दामा पनि दोषी ठहर गरेको थियो । ३० जेठ २०८२ मा २५ लाख बिगो र १ लाख २५ हजार जरिवानाका साथै १ महिना कैदको फैसला सुनाएको थियो । यसमा पुनरावेदन गर्ने अवधि बाँकी नै रहेको भन्दै प्रहरीले छाडेको हो ।

प्रकाशित मिति : June 16, 2026 at 11:51 am