भीरबाट टेप्पो खसाल्ने अपराधमा डिभिजन वन कार्यालय कैलालीका २१ कर्मचारी
३१ जेठ, कैलाली । भीरबाट टेप्पो खसाल्ने अपराधमा डिभिजन वन कार्यालय कैलालीका २१ कर्मचारी नै संलग्न रहेको पाइएको छ । कार्यालयले सहमतिमै वनका फिल्डमा खटिएका कर्मचारीले टेप्पो भीरबाट खसालेको पाइएको हो ।
डिभिजन वन कार्यालय कैलालीका २० कर्मचारीले आइतबार सार्वजनिक विदाको दिन कार्यालयको लेटरप्याड दुरूपयोग गरेर विज्ञप्ति जारी गरेका छन । उनीहरूले टेप्पो घचेटेर भीरबाट नखसालेको झुटो दाबी समेत गरेका छन ।
कर्मचारीलेहरूले टेम्पेको चक्का र इन्जिन पूर्ण रूपमा बिग्रेको दाबी गर्दै सम्बन्धित धनी घनश्याम धामीले जंगलबाट टेम्पो एक पटक घर लगेको उल्लेख गरेका छन । त्यस्तै उनीहरूले पछि सोही टेम्पो वनमा लगिएको दाबी गरेका छन । तर उनीहरूले दाबी गरेको जस्तो टेम्पोको टायर इन्जिन नबिग्रिएको धामीको दाबी छ ।

कर्मचारीले गुडाउन नमिल्ने टेप्पो पन्छाउन खोज्दा दुर्घटनावश भीरबाट खसेको दाबी गरेका छन । तर उनीहरूले जानीजानी धकेलेर भीरबाट खसालेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
टेम्पो भीरबाट फ्याक्ने अपराधमा डिभिजन प्रमुख डा रामविचारी ठाकुर, कर्मचारीहरू कृष्णबहादुर बोहरा, जिवछ यदाव, किशोर धामी, विश्वराज पाण्डित, समिर थापा, मनोज ढकाल, अनिशा मरहठ्ठा, कपिल रावल, करूणाकार जोशी, रवराज पाध्या, महेश धर्तीमगर, रमेश बोगटी, नरेश धामी, टेकबहादुर वली, तेजप्रसाद शर्मा, दण्डवीर खत्री, ज्योति ओड, लक्ष्मण धामी, खगेन्द्रबहादुर बानिया र रीता बोगटी रहेका छन ।
सामाजिक सञ्जालमा टेम्पो भीरबाट जबर्जस्ती खसालेको भिडियो भाइरल हुँदाहुँदै घटनामा संलग्न २१ जना कर्मचारीहरूले आइतबार विज्ञप्ति जारी गर्दै टेम्पो भीरबाट आफै दुर्घटनावश खस्न पुगेको भन्दै झुटो बोलेका हुन्। उनीहरूले विज्ञप्तिमा भनेका छन, ‘टेम्पोलाई पन्छाउन खोज्दा असन्तुलन भई सो कवाडी टेम्पोको अस्तिरपञ्जर अनियन्त्रित भई दुर्घटनावश भीरबाट खस्न पुगेको हो।’
कर्मचारीले आलोचनाबाट बच्नका लागि टेम्पोलाई कथित, कवाडी, अस्थिरपञ्जर जस्ता शब्दको प्रयोग गरी टिप्पणी गरेका छन् । धामीले आफूले काम गरेर रोजीरोटी चलाउने गरेको टेम्पो फ्यालिदिएको भन्दै सार्वजनिक रूपमै गुनासो गरेकी छन्। उनले बैँग्लोर बस्ने छोराले आफूलाई टेम्पो किनिदिएको र सोही टेम्पोमा व्यापार गरेर गुजारा चलाउँदै आएको बताएकी छन्।

प्रकाशित मिति : June 14, 2026 at 1:44 pm









