तामाकोशीमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु
२९ जेठ, काठमाडाैं । रामेछापको तामाकोशीमा बस दुर्घटना भएकाे छ । काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । भने ८ जना घाइते भएका छन्।

बस नदीमा खसेपछि ठूलो मानवीय क्षति भएको प्रहरीले जनाएको छ। चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति : June 12, 2026 at 11:05 am









