मध्यरातमा भूकम्पको धक्का
२९ जेठ, काठमाडौँ । मध्यरातमा भूकम्प गएको छ । संखुवासभा केन्द्रविन्दु भएर भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । मध्यराति १ बजे ३१ मिनेटमा संखुवासभाको च्यम्टाङ केन्द्रविन्दु भएर ४ म्याग्निच्यूडको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासको जिल्लामा पनि महशुष गरिएको थियो । भूकम्पले क्षति पुर्याएको विवरण अहिलेसम्म प्राप्त भएको छैन ।
प्रकाशित मिति : June 12, 2026 at 5:26 am









